PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

नयाँ पोस्टरका कारण कानुनी झमेलामा प्रभासको ‘आदिपुरुष’



पहिलोपोस्ट

नयाँ पोस्टरका कारण कानुनी झमेलामा प्रभासको ‘आदिपुरुष’

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ लगातार विवादमा फसिरहेको छ। केही महिनाअघि टिजर सार्वजनिक भएदेखि नै यो फिल्ममा विवादमा परेको थियो। अब फिल्मको नयाँ पोस्टरका कारण फिल्मका निर्माता कानुनी झमेलामा फसेका छन्।

रामनवमीको अवसरमा निर्माण टिमले ‘आदिपुरुष’ को नयाँ पोस्टर सार्वजनिक गरेको थियो। तर, पोस्टर सार्वजनिक भएसँगै केही व्यक्तिले भने पोस्टरले धार्मिक भावनामा ठेस पुर्‍याएको आरोप लगाएका छन्।

यसैबिच, आदिपुरुषका निर्माताविरुद्ध प्रहरीमा निवेदन दिएको छ। सञ्जय दीनानाथ तिवारीले आदिपुरुषका निर्माता, कलाकार र निर्देशकविरुद्ध साकिनाका प्रहरी चौकीमा गुनासो पत्र बुझाएका हुन्। आफूलाई सनातन धर्मको प्रचारक बताउने उनले मुम्बई उच्च अदालतका वकिल आशिष राई र पंकज मिश्रामार्फत गुनासो दर्ता गराएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

आदिपुरुषको नयाँ पोस्टरमा हिन्दु धार्मिक ग्रन्थ ‘राम चरितमानस’ का पात्रहरूलाई अनुपयुक्त रुपमा देखाइएको र निर्देशक ओम राउतले हिन्दु धर्म समाजको धार्मिक भावनामा चोट पुर्‍याएको गुनासो पत्रमा उल्लेख छ। साथै एफआईआर(फस्ट इन्फरमेसन रिपोर्ट) दर्ता गराउन समेत माग गरिएको छ। आदिपुरुषका पात्रलाई पवित्र धागो(जनै) नलगाई देखाइएको उनले पत्रमा लेखेका छन्।

ओम राउत निर्देशित फिल्ममा प्रभासका साथै कृति सेनन, सैफ अली खान र सनी सिंह मुख्य भूमिकामा छन्। यो फिल्म आगामी १६ जुनमा प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell