PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

सरकारले भोलिसम्ममा पूर्णता पाउने प्रचण्डको दाबी



पहिलोपोस्ट

सरकारले भोलिसम्ममा पूर्णता पाउने प्रचण्डको दाबी

काठमाडौँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज वा भोलि सरकारले पूर्णता पाउने बताएका छन्। बुधवार बिहान माओवादी केन्द्रको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको भेलामा सरकारले पूर्णता पाएपछि नीति तथा कार्यक्रममा केन्द्रित हुने प्रचण्डले बताए। 'आज वा भोलिमा सरकारले शतप्रतिशत पूर्णता पाउँछ। यसपछि हामी नीति, कार्यक्रम र बजेटमा केन्द्रित हुन्छौँ,' प्रचण्डको भनाइ छ।

कठिन परिस्थितिमा आफूले सरकारको नेतृत्व गरिरहेको उनले बताए। 'चुनौती नै चुनौतीका बिचसमेत देशका लागि केही गर्न सकिन्छ भन्ने दृढतासहित सरकारको नेतृत्व गरिरहेको छु। यसलाई मैले चुनौतीपूर्ण अवसर भनेको छु,' उनले भने।

सहकारी आन्दोलनलाई उत्पादनसँग नजोडे समाजवादको आधार तयार नहुने प्रचण्डको तर्क छ। परम्परागत नीति तथा कार्यक्रमले समस्याको सम्बोधन नहुने बताएका प्रचण्डले पहिलाको भन्दा फरक गर्ने चुनौति औंल्याए। 'परम्परागत नीति, कार्यक्रम र बजेटले देशका समस्या सम्बोधन गर्न सक्दैन, अर्थतन्त्रका चुनौती पार लगाउन सक्दैन। त्यसैले विगतभन्दा केही नयाँ, विगतभन्दा केही फरक र देशको अर्थतन्त्रमा गुणात्मक प्रभाव राख्ने योजनाहरू ल्याउनुपर्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell