काठमाडौं : कलाकार दीपकराज गिरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई परेका मुद्दामा कटाक्ष गरेका छन्। चितवन २ मा पुन चुनावी मैदानमा उत्रिएका लामिछानेमाथि विभिन्न मुद्दा परेपछि गिरीले व्यङ्ग्य कसेका हुन्।
‘अलिकति फुर्सद् भयो के गर्ने होला? एउटा मुद्दा म पनि हाल्दिउ कि क्या हो रबि लामिछानेलाई,’ गिरीले फेसबुकमा लेखेका छन्। लामिछाने चुनावी मैदानमा उत्रिएसँगै निर्वाचन आयोगको कार्यालयमा विभिन्न चार मुद्दा परेका छन्। राहदानीमा परेको मुद्दा भने सर्वोच्चले आज सुनुवाई गर्दैछ।