PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

'वार २' मा एकसाथ देखिँदै ऋतिक रोशन र जुनियर एनटीआर



पहिलोपोस्ट

'वार २' मा एकसाथ देखिँदै ऋतिक रोशन र जुनियर एनटीआर

बलिउड फिल्म ‘वार २’ यतिखेर चर्चामा छ। यसैबिच, फिल्म ‘वार २’ मा जुनियर एनटीआरको एन्ट्री भएको छ। योसँगै ऋतिक रोशन र साउथ स्टार जुनियर एनटीआर एकसाथ देखिने पक्का भएको हो।

सन् २०१९ मा रिलिज भएको फिल्म ‘वार’ बक्स अफिसमा हिट भएको थियो। पहिलो भागमा ऋतिक रोशन र टाइगर श्राफ मुख्य भूमिकामा थिए। दोस्रो श्रृंखलामा पनि ऋतिक फेरि कबिरकै भूमिकामा देखिनेछन। जुनियर एनटीआर पनि मुख्य भूमिकाको लागि भित्रिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

स्पाइ थ्रिलर युनिभर्सका लागि चर्चित यशराजको ‘वार २’ मा ऋतिक र एनटीआरलाई एक्सन अवतारमा देखिनेछन्। फिल्ममा उनीहरुबीचको टकरावलाई हेर्न पाइनेछ। ‘वार २’ मार्फत ऋतिक र जुनियर एनटीआर पहिलोपटक सहकार्य गर्न लागेका हुन्।

यसपटक फिल्मलाई सिद्धार्थ आनन्दको सट्टा ‘ब्रह्मास्त्र’ निर्देशक अयान मुखर्जीले निर्देशन गर्नेछन्। सलमान खानको ‘टाइगर ३’ समाप्त हुन्छ, त्यहीँबाट ‘वार २’ को कथा सुरु हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell