PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

पेरिस ओलम्पिक छनोट, पहिलो हाफमै भियतनाम ३ गोलले अगाडि



पहिलोपोस्ट

पेरिस ओलम्पिक छनोट, पहिलो हाफमै भियतनाम ३ गोलले अगाडि
गोलपछि खुसी साट्दै भियतनामका खेलाडी। फोटो : ANFA

काठमाडौं : पेरिस ओलम्पिक छनोट अन्तर्गतको पहिलो चरणको नेपाल र भियतनामबीच जारी खेलमा भियतनामले पहिलो हाफमा ३ गोलको अग्रता बनाइको छ। 

त्यसअघि पहिलो गोल डिफेन्डर र गोलकिपर बीचको असमझदारी चलिरहँदा ११ औँ मिनेटमा फआम है येनले अग्रता दिलाइन्। त्यसअघि ९ औँ मिनेटमा पाएको एउटा सुन्दर अवसरमा नेपाल चुकेको थियो।

खेलको २७ औँ मिनेटमा साम्बाको क्रसमा दीपा शाहीले बाइसाइकल प्रहार गरे पनि गोल गर्न असमर्थ रहिन्। खेलको ३६ औँ मिनेटमा हिराकुमारी भुजेलले ह्याण्डबल गरेपछि भियतनामले पेनाल्टीको अवसर पाएको थियो। जसलाई सदुपयोग गर्दै हुयन नहुले गोल गरिन्। तेस्रो गोल एनगुइन थिन बिचको प्रहार अमृता जैसीको खुट्टामा लागेर ३८ औँ मिनेटमा गोल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell