PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

केन्द्रमा ताइवान: वर्तमान नेताको अमेरिका भ्रमण, पूर्व नेताको मुख्यभूमि चीन



विधुर ढकाल

केन्द्रमा ताइवान: वर्तमान नेताको अमेरिका भ्रमण, पूर्व नेताको मुख्यभूमि चीन

सांघाई: चिनियाँ जनमुक्ति सेनाले ताइवान जलडमरु क्षेत्रमा शैन्य अप्रेसन चलाएको छ। ताइवान जलडमरु क्षेत्रको उत्तर तथा मध्ये क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाले संयुक्त क्रुस तथा पेट्रोल अपरेसन सुरु गरेको हो। फुजियान मरिटाइम सेफ्टी एडमिनिस्ट्रेसनले बुधवार विहान यस बारेमा जानकारी दिएको हो। 

फुजियान प्रान्तको स्थानीय प्रशासनले विस्तृत विवरण बिना नै अप्रेसन सुरु भएको जानकारी दिएको हो। आइतबार मात्र पिएलएको इस्ट्रन थियटर कमाण्डले इस्ट चाइना सिमा लाइभ फायर ड्रिलका लागि दुई वटा ड्रिस्ट्रोयर र फ्रिगेट परिचालन गरिने घोषणा गरेको थियो। 

यसबीच ताइवानको रक्षा मन्त्रालयले सोमबारदेखि मंगलबारसम्म २० पटक चिनियाँ सेनाका एयरक्राफ्ट ताइवान क्षेत्रमा देखिएको बताएको छ। जसमध्ये एक हाइ अल्टिच्युड लङ रेन्ज अनक्रु एरियल भेइकल हर्विन बीजेडके-००५ रहेको बताइएको छ। त्यस्तै ८ फ्लाइटमध्ये सात वटा जे-१६ फाइटर र एक वाई-८ एन्टी सवमरिन वारफेर प्लेन रहेको बताइएको छ।  

ताइवानी नेताको अमेरिकी भ्रमण
बुधबार स्थानीय समय अनुसार (बिहीबार बेइजिङको समयानुसार) ताइवानी नेता तासी इन-वेनले अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीसँग भेट गर्ने कार्यक्रम रहेको छ। त्यसैको विरोधमा पिएलएले ड्रिल चलाएको हो। बुधबार स्थानीय समयमा ताइवानी नेता तासीले सभामुखलाई रोनाल्ड रेगन राष्ट्रपतीय पुस्तकालय क्यालिफोर्नियमा भेट गर्ने कार्यक्रम रहेको छ। 

बेलिजको भ्रमणका क्रममा ताइवानी नेता बेलिजका राष्ट्रपतिको साथमा। फोटो: ताइपेइ टाइम्स


चीनले नेता साइलाई अमेरिकामा ट्रान्सिटको व्यवस्था गरिएकोप्रति विरोध जनाएको छ। 'चिनियाँ पक्ष साई इङ–वेनलाई संयुक्त राज्य अमेरिका हुँदै "पारवहन" गर्न अमेरिकाले गरेको व्यवस्थाको दृढतापूर्वक विरोध गर्दछ र अमेरिकी सरकारका तेस्रो सबैभन्दा ठूलो व्यक्ति तथा हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख म्याकार्थी र साई इङ–वेनबीचको बैठकको दृढतापूर्वक विरोध गर्दछ,' चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले मंगलबारको पत्रकार सम्मेलनमा भनेकी थिइन्, 'किनकि यो कदमले एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिका प्रावधानहरूको गम्भीर उल्लङ्घन गर्दछ र चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई गम्भीर क्षति पुर्‍याउँछ।'

चीनले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्न प्रमुख रहेका तीन संयुक्त विज्ञप्तिका प्रावधानहरूको पालना गर्न, साई इङ–वेनलाई संयुक्त राज्य अमेरिका हुँदै "ट्रान्जिट" गर्न नदिन चेतावनी दिएको थियो। साथै उसले अमेरिकी विशिष्ट व्यक्तिहरू र अधिकारीहरूलाई साइसँग भेट्ने वा सम्पर्क गर्ने व्यवस्था नगर्न आग्रह गरेको थियो। 

ताइवानी नेता १० दिन लामो मध्ये अमेरिकी देशको भ्रमणमा छन्। मार्च ३० गते उनी त्यसतर्फ लागेकी थिइन्। यो भ्रमणमा अमेरिकाको न्यूयोर्क र लस एन्जल्समा पनि उनी उत्रिनेछन्। उनी मध्येअमेरिकी देशहरु बेलिज र ग्वाटेमाला पुगेकी छन्। ग्वाटेमाला जानुअघि तासी नेतृत्वको टोली न्यूयोर्कमा रोकिएको थियो। फर्किने क्रममा लस एन्जलसमा रोकिने कार्यक्रम रहेको छ। 

न्युयोर्कमा उनी तीन दिन बसेकी थिइन्। र त्यहाँ उनले हुडसन इन्स्टिच्युटले गरेको कार्यक्रममा सम्बोधन गरेकी थिइन्। साथै उनले त्यहाँ ग्लोबल लिडरसिप अवार्ड पनि सम्बोधन गरेकी थिइन्। 
 
शनिबारदेखि सोमबार ग्वाटेमाला र सोमबारदेखि बुधबारसम्म बेलिज भ्रमण सकेर उनी बुधवार नै अमेरिका लागेकी छन्। त्यहाँ उनले सभामुखसँग भेट गर्ने कार्यक्रम रहेको छ। उनी शुक्रबार मात्र ताइवान फर्किनेछन्। यसबीच तीन दिन उनी अमेरिका बस्नेछन्। 

पूर्व नेताको मुख्यभूमि भ्रमण
यसैबीच ताइवानका पूर्व राष्ट्रपति १२ दिन लामो मुख्यमभूमि चीनको अनौपचारिक भ्रमणमा छन्। कुमिन्तानका नेतासमेत रहेका मा इिङ-चउ व्यक्तिगत भ्रमणका लागि मुख्यमूमि चीन पुगेका थिए। बुधबार मात्र उनी अन्तिम गन्तव्यको रुपमा सांघाई आएका छन्। उनी छोङछिङबाट बुधबार सांघाई आएलगत्तै याङसान पोर्टको अवलोकनका लागि गएका हुन्। 

हुनान विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पूर्व नेता मा। 

यो पोर्ट विश्वकै ठूलो डिप वाटर बन्दरगाह हो। यो पोर्टको विकास २००६ मा निर्माण भएको थियो। उनले त्यहाँ पुगेर याङ सानको विकासबाट प्रभावित भएको बताएका थिए। यो पोर्ट मुख्य भूमि चीनबाट ताइवानका लागि डाइरेक्ट सिपिङका २००८ मा खुलेको थियो। त्यतिवेला मा त्यहाँको सत्तामा थिए। उनले बेइजिङसँग संवादको नीति अख्तियार गरेका थिए। 

यो पोर्ट सन् २०२० मा 'रिपव्लिक अफ चाइना' (पिप्लस् रिपव्लिक अफ चाइना हुनु पूर्व) नेता सन यात सेनले निर्माण सुरु गरेका थिए। 

माले सांघाइमा रहँदा सिपीसीका सांघाई सचिव चन जिनिङसँग भेट गर्ने सम्भावना भएको बताइएको छ। माको यो भ्रमण सन् १९४९ यता कुनै पनि ताइवानी वर्तमान तथा पूर्व नेताले गरेको पहिलो भ्रमण हो। उनले ताइवानको नेतृत्व ८ वर्षसम्म गरेका थिए। 

माको १२ दिने भ्रमणका क्रममा पाँच शहरको पुगेका हुन्। उनी शुक्रबार सांघाईबाट ताइवानका लागि निस्किनेछन्। उनी मार्च २७ मा सांघाईस्थित फुतोङ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए। उनको साथमा ताइवानका विश्वविद्यालयका विद्यार्थी तथा नजिकका सहयोगी गरी ३० जना थिए। 

ताइवानदेखि मुख्यभूमि निस्किँदै गर्दा उनले भनेका थिए -मैले यो भ्रमणका लागि ३६ वर्ष पर्खिएको हुँ। उनी सांघाईमा अवतरण गरेसँगै बुलेट ट्रेनमार्फत नानचिङ गएका थिए। त्यहाँबाट उनी वुहान, चाङ्सा र छोङछिङ पुगेका थिए। उनले यी भ्रमणका क्रममा विभिन्न विश्वविद्यालयमा सम्बोधन गरेका थिए। त्यस्तै सांघाईस्थित फुदान विश्वविद्यालयमा बिहीबार सम्बोधन गर्न सक्नेछन्। 

यद्यपि उनी बेइजिङको भ्रमण नगरे पनि उनको भ्रमणले सांकेतिक अर्थ राख्ने छ। उनी ताइवान मामिलाको समाधान संवादबाट हुनुपर्नेमा जोड दिन्छन्। उनले सन् २०१५ मा सिंगापुरमा चिनियाँ राष्ट्रपति सि चिनफिङसँग भेट गरेका थिए। तर, त्यसको छोटोसमयमा नै ताइवानको सत्ता गुमाएका थिए। 

उनको यो भ्रमण ताइवानको ८२ वर्ष देखिको कूटनीतिक मित्र होन्डुरसले बेइजिङसँग सम्बन्ध जोडेको अर्को दिन सुरु भएको थियो। 

माले भ्रमणका क्रममा चिनियाँ अधिकारीहरुसँग संवाद गरेका छन्। उनले संवादका क्रममा सन् १९९२ को सहमति पालना गर्नुपर्ने बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell