PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न पनि आजै दिइने



पहिलोपोस्ट

उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न पनि आजै दिइने

काठमाडौं : आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि बिहीवार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दैछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी बिहीवार नै चुनाव चिह्न पनि दिइने आयोगले बताएको छ।

उपनिर्वाचनका लागि गत सोमवार उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गरेका थिए। मनोनयनपत्र दर्ता गरेका उम्मेदवारहरुले बिहीवार बिहान ९ बजेदेखि १ बजेसम्मको समयावधिमा उम्मेदवारी फिर्ता लिन पाउनेछन्। 

दिउँसो १ बजेपछि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्नेछ। त्यसलगत्तै आयोगले उम्मेदवारहरुलाई चुनाव चिह्न पनि प्रदान गर्ने कार्यक्रम रहेको छ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो। यस्तै, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell