PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

'स्काइ क्याफे'मा प्रकाश सपुत



पहिलोपोस्ट

'स्काइ क्याफे'मा प्रकाश सपुत

काठमाडौं : गायक प्रकाश सपुत आफ्ना आमाबुवासहित कुष्मामा स्काई क्याफे र स्काई चेयरमा मनोरञ्जन लिन पुगेका छन्। केही दिनअघि उनले आफ्नो आमा बिनाकुमारी विश्वकर्मा र बुवा बलबहादुर विश्वकर्मासहित कुश्मामा पुगेर साहसिक खेलमा सहभागी भएको द क्लिफका कार्यकारी प्रमुख ईश्वर कार्कीले जानकारी दिए।

गायक सपुतले कुश्मालाई साहसिक खेलको हब बनाउने क्लिफको कामको प्रशंसा गरे। उनले भने,'क्लिफको यो प्रयासले कुश्माको मात्र नभई देशलाई नै चिनाउनेछ।' उनले आफ्नै जिल्लामा साहसिक खेलका लागि राम्रो गन्तव्य बनाएको भन्दै यसले आफूलाई झनै खुसी बनाएको बताएका थिए।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell