काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गठबन्धन सरकारको प्राथमिकता र साझा न्यूतनम कार्यक्रम सार्वजनिक गरेको छ। प्रधानमन्त्री प्रचण्डले बिहीवार सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले गठबन्धन सरकारका साझा न्यूनतम कार्यक्रममा सहमति जुटाएको हो। १३ पृष्ठको साझा न्यूनतम कार्यक्रममा संविधानको रक्षादेखि परराष्ट्र नीति र शान्ति प्रक्रियालाई प्राथमिकतामा राखिएको छ।