PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

वीरगंजको मरियम लेदरमा आगलागी, दुई घन्टापछि नियन्त्रणमा



पहिलोपोस्ट

वीरगंजको मरियम लेदरमा आगलागी, दुई घन्टापछि नियन्त्रणमा

वीरगंजः वीरगंज महानगरपालिका २१ पटेलनगरस्थित मरियम लेदर इन्ड्रस्टिज प्रालिमा आगलागी भएको छ। बिहीबार अपराह्न सवा चार बजे लागेको आगो दुई घन्टापछि नियन्त्रणमा आएको मजदूरहरूले बताएका छन्।

प्रारम्भिक जानकारी अनुसार विद्युत् सर्ट भएर उद्योगमा रहेको केमिकलबाट आगलागी भएको थियो। आगलागीबाट मेसिन र तयारी छाला जलेर नष्ट भएका छन्। उद्योगका मजदुर, निम्बस दाना उद्योगका मजदुर र वीरगंज महानगरसहितका तीन वारुणयन्त्रको सहयोगले आगलागी नियन्त्रणमा आएको मजदुरहरूले बताए।

क्षतिको विवरण संकलन भइरहेको पर्सा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell