PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

रामेछाप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या पाँच पुग्यो



पहिलोपोस्ट

रामेछाप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या पाँच पुग्यो

मन्थलीः रामेछापको मन्थली नगरपालिका ७ को कौछिनी (मगर गाउँ नजिक) भएको बलेरो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछपका अनुसार थप मृत्यु हुनेमा मन्थली नगरपालिका ७ कौछिनी का ५० वर्षीय बलेरो चालक दलबहादुर आलेमगर रहेका छन्।   

बाँकी रहेका ११ घाइतेमध्ये तीन गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ। दैनिकरूपमा कौछिनीबाट मन्थलीसम्म चल्दै आएको उक्त बलेरो आज अपराह्न १६ यात्रु र सामान लिएर रामेछापको मन्थली नगरपालिका ७ स्थित कौछिनीतर्फ जाँदै गर्दा ब्रेक फेल भई दुर्घटना भएको जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell