PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

बेङ्ग्लोरका चलेनन् ब्याट्सम्यान, कोलकत्ताको सहज जित



पहिलोपोस्ट

बेङ्ग्लोरका चलेनन् ब्याट्सम्यान, कोलकत्ताको सहज जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा कोलकत्ता नाइटराइर्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराएको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले बेङ्ग्लोरमाथि ८१ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको शाहरुख खानको टोली कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनाएका थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोर फितलो ब्याटिङ गर्दै १२३ रनमा अलआउट हुन पुग्यो।

सुरुवाती ब्याटिङ गरेको कोलकत्ताका लागि आक्रामक ब्याटिङ गरेका सार्दुल ठाकुरले २९ बलमा सर्वाधिक ६८ रन बनाउँदा रहमनुल्ला गुरबाजले ५७ रन बनाए। त्यस्तै रिंकु सिंहले ४६ रन बनाए।

बलिङतर्फ बेङ्ग्लोरका कर्ण शर्मा र डेभिड विले समान २ विकेट लिँदा मोहम्मद सिराज, माइकल ब्रासवेल र हर्षल पटेलले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरका लागि कप्तान बिराट कोहली र फाफ डुप्लिसिसले ४४ रनको साझेदारी गर्दै ठीकठाक सुरुवात गरे पनि त्यसपछिका ब्याट्सम्यान नचल्दा टोली संकटमा पर्‍यो। डुप्लिसिसले सर्वाधिक २३ रन बनाउँदा कोहलीले २१, डेभिड विलेले अविजित २० तथा माइकल ब्रासवेलले १९ र आकाश दीपले १७ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न नसक्दा बेङ्ग्लोर १७.४ ओभरमा १२३ रनमा समेटिन पुग्यो।

बलिङतर्फ कोलकत्ताका वरुण चक्रवर्तीले सर्वाधिक ४ विकेट लिँदा सुयस शर्माले ३, सुनिल नारेनले २ तथा सार्दुल ठाकुरले १ विकेट लिए।

जारी सिजन हारबाट सुरुवात गरेको कोलकत्ताले दोस्रो खेलमा जित निकालेको हो। पहिलो खेलमा पञ्जाबले कोलकत्तामाथि ७ रनको जित निकालेको थियो। त्यस्तै मुम्बइ इण्डियन्सलाई ८ विकेटले हराउँदै सुखद सुरुवात गरेको बेङ्ग्लोरको यो पहिलो हार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell