PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

इजरायलको आरोप : हमासले लेबननबाट रकेट आक्रमण गर्‍यो



पहिलोपोस्ट

इजरायलको आरोप : हमासले लेबननबाट रकेट आक्रमण गर्‍यो
Photo : AFP

इजरायलले प्यालेस्टिनी विद्रोही समूह हमालले उत्तरी क्षेत्रमा रकेट आक्रमण गरेको आरोप लगाएको छ। दक्षिण लेबननबाट दर्जनौं रकेटहरु प्रहार गरिएको इजरायली अधिकारीहरुको दाबी छ।

३४ वटा रकेटहरुलाई आकाशमै निष्क्रृय बनाउन सफल भए पनि ६ वटा रकेट इजरायली भूमिमा खसेको बताइएको छ। सो आक्रमणबाट केही भवनहरुमा क्षति पुगेको छ भने केही व्यक्ति घाइते भएका छन्।

तर, हमासले भने रकेट आक्रमणबारे आफूहरु जानकार नै नभएको दाबी गरेको छ।

इजरायली सुरक्षाकर्मीले अल अस्का मस्जिदभित्र पसेर प्यालेस्टिनीमाथि ज्यादती गरिरहेका खबर सार्वजनिक भइरहँदा यो आक्रमण भएको हो। गाजापट्टीबाट पनि रकेट आक्रमण भएको र इजरायलले पनि जवाफी आक्रमण गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell