PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

फ्राइडे रिलिज : सुरक्षाको ‘बहाव’ प्रदर्शनमा



पहिलोपोस्ट

फ्राइडे रिलिज : सुरक्षाको  ‘बहाव’ प्रदर्शनमा

काठमाडौं : आज शुक्रवार सिनेमा हलमा ‘बहाव’ प्रदर्शनमा आएको छ। अन्य फिल्महरु रिलिज नहुँदा प्रमोद कँडेलको लेखन र निर्देशन रहेको यस फिल्मले सोलो रिलिजको मौका पाएको हो।

सोलो रिलिजको मौका पाए पनि फिल्मले मल्टिप्लेक्स हलहरुमा उत्साहजनक शो भने पाउन सकेको छैन।

‘जिज्ञासा, विचार अनि यथार्थको कथा’लाई मुख्य थिम बनाएको फिल्ममा श्रीधर पौडेललको लगानी छ। श्रीधरले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए।

यस फिल्ममा सुरक्षा पन्न र कमणमणी नेपाल मुख्य भूमिकामा छन्। जहाँ कमलमणी बुवा र सुरक्षा छोरीको भूमिकामा रहेका छन। केही विषयमा घरपरिवारसँग द्वन्द्व हुँदा सुरक्षाले गर्ने विद्रोह र क्रान्तिको बाटो नै फिल्मको कथा हो।

फिल्ममा सुरक्षा र कमलमणिका साथै अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell