PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

पदम लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय



पहिलोपोस्ट

पदम लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं : कोसी प्रदेशको नामकरणलाई लिएर भएको प्रदर्शन मृत्यु भएका युवकलाई सरकारले सहिद घोषणा गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले पदम लिम्बुलाई सहिद घोषणा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। 'आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने भन्ने डिसिजन भएको छ,' बैठकपछि सञ्चारमन्त्रीसमेत रहेकी शर्माले भनिन्।

प्रदर्शनकै क्रममा चैत ५ गते घाइते भएका लिम्बुको चैत १० गते उपचारको क्रममा मृत्यु भएको थियो। गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा घटनाको छानविन गर्न समिति गठन गरेको थियो। सरकारले नामाकरण सम्बन्धमा प्रदेश सरकारसँग समन्वयसमेत गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell