PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

अस्पतालको शौचालयको झ्याल फोडेर भागे महोत्तरी प्रहरीको नियन्त्रणमा रहेका एक थुनुवा



पहिलोपोस्ट

अस्पतालको शौचालयको झ्याल फोडेर भागे महोत्तरी प्रहरीको नियन्त्रणमा रहेका एक थुनुवा
फोटो : जिल्ला प्रहरी कार्यालय महोत्तरी/फेसबुक

जनकपुरधाम : महोत्तरी प्रहरीको नियन्त्रणमा रहेका एक जना थुनुवा फरार भएका छन्। कर्तव्य ज्यान मुद्दाका आरोपी कृष्णा यादव महोत्तरी प्रहरीको नियन्त्रणबाट भाग्न सफल भएका हुन्।

फरार यादवको गोडामा समस्या देखिएपछि उपचारका लागि जनकपुरधामस्थित आर्या हस्पिटलमा ल्याइएको थियो। उपचारका लागि ल्याइएका कर्तव्य ज्यानको आरोप लागेका यादव अस्पतालको शौचालय कक्षको झ्याल फोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिएका छन्।

थुनुवा फरार घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell