PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

सुकुम्बासी बस्ती हटाउन सुरक्षाकर्मी तैनाथ, प्रतिकारमा उत्रिए सुकुम्बासी

सुकुम्बासी बस्ती हटाउन सुरक्षाकर्मी तैनाथ, प्रतिकारमा उत्रिए सुकुम्बासी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : तीनकुने गैरीगाउँ वाग्मती किनारका सुकुम्बासी हटाउन काठमाडौं महानगरपालिका र नेपाल प्रहरी परिचालन भएको छ।

काठमाडौं महानगरपालिकाको पहलमा प्रहरी बस्तीमा पुगेको हो। तर, त्यहाँ बस्दै आएका बासिन्दाले अवरोध गरेपछि परिचालित सुरक्षाकर्मीले बस्ती हटाउन सकेका छैनन्। बाक्लो सङ्ख्यामा पुगेका सुरक्षाकर्मीलाई सुकुम्बासी बस्ती छिर्ने बाटोमा नै अवरोध गरिएको छ। विरोधमा उत्रिएकाहरु नाराबाजी गरिरहेका छन्। साथै उनीहरुले सडकमा टायर बालेर विरोध गरिरहेका छन्।

यसपाला काठमाडौं महानगरपालिकाका सुरक्षाकर्मी भने परिचालन भएका छैनन्। थापाथलीमा यस्तै बस्ती हटाउन भने महानगरका प्रहरी नै परिचालित भएका थिए। त्यहाँ पनि उनीहरुमाथि आक्रमण भएको थियो।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले सुकुम्बासी हटाउने योजना अगाडि सारे पनि विरोध र अवरोधको कारण कार्यान्वयन गर्न सकेका छैनन्। साहले सुरक्षाकर्मी पर्याप्त नहुँदा बस्ती हटाउन नसकेको भन्दै गृह मन्त्रालयसँग सुरक्षाकर्मी माग गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell