PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

नेपाली सेनाको साइबर स्पेशमा हमला गर्ने २१ वर्षीय युवक समातिए



पहिलोपोस्ट

नेपाली सेनाको साइबर स्पेशमा हमला गर्ने २१ वर्षीय युवक समातिए

काठमाडौं : नेपाली सेनाको साइबर स्पेशमा साइबर हमला गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले स्याङजा घर भएका २१ वर्षीय सागर ढकाललाई नियन्त्रणमा लिएको हो। ढकालले पोखरामा डेरा गरि बस्ने घरधनीको इन्टरनेट प्रयोग गरि साइबर हमला गरेको देखिएको छ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell