PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

'पुष्पा २: द रुल' को टिजरमा यस्तो अवस्थामा भेटिए अल्लु अर्जुन



पहिलोपोस्ट

'पुष्पा २: द रुल' को टिजरमा यस्तो अवस्थामा भेटिए अल्लु अर्जुन

बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २: द रुल’ को टिजर सार्वजनिक भएको छ। तीन मिनेट लामो टिजरमा अल्लु अर्जुनलाई पुष्पाको भूमिकामा देख्न सकिन्छ। कहाँ छन् पुष्पा? भन्दै खोजी भइरहेको र जंगलमा बाघसँगै पुष्पा भेटिएको दृश्य टिजरमा छन्।

यस फिल्ममा अल्लु अर्जुनका साथै रश्मीका मन्दानाको मुख्य भूमिका छ। तर, पुष्पा ग्याङ्स्टार लुकमा देखिँदा रश्मीका भने टिजरमा अटाउन सकिनन्। ‘पुष्पा २ मा अल्लु अर्जुन र फसद फासिलबीच टकराव हुनेछ। जसलाई ‘पुष्पा: द राइज’ को अन्त्यमा प्रतिद्बन्द्वीका रुपमा प्रस्तुत गरिएको थियो।

सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’ को पहिलो पार्ट बक्स अफिसमा निकै सफल भएको थियो। सुकुमार निर्देशित यस फिल्मले विश्वभरबाट ३ सय करोड भारु कमाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell