PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

रात्रीकालीन हक्कीको अभ्यास: सुदूरपश्चिमले कोशी प्रदेशलाई हरायो, कर्णाली प्रदेशमाथि पुलिसको फराकिलो जित



पहिलोपोस्ट

रात्रीकालीन हक्कीको अभ्यास: सुदूरपश्चिमले कोशी प्रदेशलाई हरायो, कर्णाली प्रदेशमाथि पुलिसको फराकिलो जित
तस्बीर: राखेप

विराटनगर: गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन्।

विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई ३–१ गोलमा पराजित गरेको हो। सुदूरपश्चिमका महेश नेपाली, सागर बोहरा र अमित ओझाले समान १–१ गोल गरेका थिए। कोशीका लागि एक मात्र सान्तवना गोल बिसु घिमिरेले गरे ।

खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भए।

त्यस्तै अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले कर्णाली प्रदेशलाई ७–० को फराकिलो गोलअन्तरमा पराजित गर्‍यो। पुलिसका रोहित लामाले २, सागर आचार्य, श्रवण कुमार, महेश धामी, भरत खत्री र सुनिल रानाले समान १–१ गोल गरे।

खेलको म्यान अफ द म्याच पुलिसका भरत खत्री भए।

विराटनगरमा नेपालमा पहिलो पटक हक्कीको खेल रात्रीकालीन हुँदैछ। लिग चरणको खेलअन्तर्गत समूह ए तर्फ साबिक विजेता त्रिभुवन आर्मी र पूर्व विजेता गण्डकी प्रदेशबीच रात्रीकालीन खेल हुने उनले बताए।

संयोजक थापाले नेपालमा पहिलो पटक हक्कीलाई पनि फ्लडलाइट्समूनि गराउन सकिने गरी तयारी गरिएको जानकारी दिए। पहिलो खेल सहज रुपमा हुने अपेक्षा गरेका संयोजक थापाले सोही खेलका आधारमा आगामी खेल पनि रात्रीकालीन गर्न सकिने छ।

समूह ‘ए’ तर्फ आर्मी र पुलिसको समान ६ अंक, समूह ‘बि’ तर्फ सुदूरपश्चिमको ३ अंक तथा मधेस र कोसीको १–१ अंक रहेको छ।

शनिबार लिग चरणको समिकरण पूरा हुनेछ। पहिलो खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश, दोस्रो खेल कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell