- राजु आचार्य-
अछामको रामारोशन पुग्दा रमाइलो नमान्ने मानिसहरू कमै होलान्। यो ठाउँमा किन जाने भनेर सोधियो भने मानिसहरूका आ-आफ्नै तर्क होलान्।
केही महिनाअघि उक्त क्षेत्रमा एक महिना बिताउने अवसर मिल्यो। उक्त अवसर मिलाइदियो ‘प्रकृतिका साथीहरु’ले। हामीलाई लाग्यो यस्तो ठाउँमा किन पटक-पटक नआउने।
१५ कारण, जसले गर्दा यो ठाउँले पर्यटकहरुलाई आकर्षित गरी रहन्छ।
- पहाडको खोचमा रहेका निलो पानी युक्त १२ वटा सुन्दर तालहरूको अवलोकन गर्न।
- पहाडको बिचमा रहेका सम्म परेको १८ वटा घाँसे मैदानहरूको अवलोकन गर्न।
- घोरल, थार, भालु, चितुवा, रतुवा, डाँफे, मुनाल, कालिज सहजै देख्न।
- माछा नपाइने ठाउँमा स्थानीयले असला प्रजातिको माछाको सफलता पूर्वक गरेको पुनर्स्थापना अवलोकन गर्न।
- द्वन्दकालमा माओवादीद्वारा सञ्चालित ठूलो तालिम केन्द्र, किनिमीनि फाँटको अवलोकन गर्न।
- पुरानो संस्कृति (घर, खेतीपाती, रीतिरिवाज, पहिरन) हेर्न।
- खर्कहरूबाट सूर्योदय तथा सूर्यास्तको अद्भुत दृश्य हेर्न।
- देउडा, हुड्के, पुतला, भुवा नाँच/खेलको अवलोकन गर्न।
- भैँसी, बाख्रा तथा भेडी गोठ संस्कृतिको अवलोकन गर्न।
- नेपालमा सम्भवतः सबै भन्दा बढी हिमाली कालो भालुलगायत वन्यजन्तुले दुःख दिएको ठाउँ हेर्न।
- लालीगुराँसका घना तथा पुराना वनहरू अवलोकन गर्न। (वनस्पतिको विविधता पनि प्रशस्त रहेको छ)
- रुख भन्दा बढी ढुङ्गा भएको ठाउँ हेर्न।
- बडीमालिका क्षेत्रको टाढाबाट अवलोकन गर्न।
- योगा तथा ध्यानको लागि उपयुक्त स्थान।
- ३-५ दिनको पर्यापर्यटकिय पैदल यात्रा गर्न।