PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

गैरआवासीय नेपाली सङ्घमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण



पहिलोपोस्ट

गैरआवासीय नेपाली सङ्घमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण
फोटो : रासस।

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ। एक वर्षअघि भएको सङ्घको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो।

महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रवार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेकी हुन्। यसअघि अर्का अध्यक्ष कुल आचार्यले छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी जिम्मेवारी हस्तान्तरण गरेका थिए।

कार्यकारी अध्यक्ष डा केसीले छ महिना कार्यभार सम्हालेसँगै यस अवधिमा सङ्घको ११औँ महाधिवेशन पनि गर्नुपर्ने तालिका रहेको छ। समारोहमा अध्यक्ष केसीले आगामी छ महिनामा गर्ने कामबारे जानकारी गराएका थिए।

यसैगरी, अध्यक्ष थापाले विगत छ महिनामा भए गरेका कामबारे अवगत गराएकी थिइन् भने अध्यक्ष अचार्यले सहमतिअनुसार आगामी ११औँ महाधिवेशन एकताको महाधिवेशन हुने र त्यसमा सङ्घका सबै सदस्य अट्ने विश्वास व्यक्त गरे। कार्यक्रममा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष भवन भट्ट, सङ्घका पदाधिकारी तथा पूर्वपदाधिकारीले नेपालको समृद्धिमा योगदान दिने र सङ्घलाई आफ्नो उद्देश्यअनुसारको अभियानमा डोर्‍याउन सबैको सहयोगको अपेक्षा गरे।

सन् २००३ मा स्थापित सङ्घले २० वर्षमा रचनात्मक काम गरेको छ। हालसम्म विश्वका ८६ देशमा सङ्घका राष्ट्रिय समन्वय परिषद् गठन गरिएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell