PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

ओलम्पिक छनोटमा आज नेपाल र भियतनाम भिड्दै



पहिलोपोस्ट

ओलम्पिक छनोटमा आज नेपाल र भियतनाम भिड्दै
फाइल फोटो

काठमाडौं : पेरिस ओलम्पिक छनोट अन्तर्गतको खेलमा आज नेपाल र भियतनाम प्रतिस्पर्धा गर्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे खेल हुनेछ।

नेपालसँगको पहिलो खेलमा ५-१ गोलको सहज जित निकालेको भियतनाम जितको लयलाई कायम राख्दै अर्को चरणमा पुग्न चाहन्छ। अर्कोतर्फ नेपाली टोली अघिल्लो हारको बदला लिन चाहन्छ।

पहिलो खेलपछि नेपाली टोलीका प्रशिक्षक अनन्तराज थापाले शनिवारको खेलमा अघिल्लो खेलका कमजोरीहरुलाई सुधार गरेर कमब्याक गर्ने बताएका थिए।

पहिलो पटक फिफा विश्वकपमा पुगेको भियतनामी टोलीसँग नेपालले ओलम्पिक छनोट एसिया अन्तर्गत समूह ‘सी’को खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। समूह ‘सी’मा नेपाल र भियतनामबाहेक प्यालेस्टाइन र अफगानिस्तानले पनि प्रतिस्पर्धा गर्ने तालिका रहे पनि यी दुई टोलीले नाम फिर्ता लिँदा छनोटमा नेपाल र भियतनामले मात्र खेल्नेछन्।

खेलको प्रत्यक्ष प्रसारण एनटीभी प्लसले गर्नेछ।

नेपाली टोली

गोलकिपर : अन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर : समीक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना, सिर्जना चेम्जोङ

मिडफिल्डर : रेणुका नगरकोटे, विमला चौधरी, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अनिता केसी

फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell