PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

फुटपाथ मिचेर बनाइएको प्रहरीका बिट हटाउन मेयर बालेन साहको निर्देशन



पहिलोपोस्ट

फुटपाथ मिचेर बनाइएको प्रहरीका बिट हटाउन मेयर बालेन साहको निर्देशन
फाइल फोटो।

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फुटपाथ मिचेर बनाइएका प्रहरी बिटहरु हटाउन निर्देशन दिएका छन्।

सर्वसाधरण हिँड्न बनाइएको फुटपाथमा पर्ने केही संरचना हटाएपनि प्रहरीका बिटहरु अझै नहटेकाले समतामुल कानुनको प्रयोग गर्नका लागि कानुन कार्यान्वयन गर्ने प्रहरी आफैंले हटाउनुपर्ने बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, 'कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ। त्यो संरचना प्रहरी आफैले हटाउनुहोला। नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ।'

त्यस्तै, प्रहरी बाहेक राजदूतावास तथा विदेशी नियोगहरुको हकमा पनि सम्बन्धित मन्त्रालयलाई पत्रचार गरेको बताएका छन्।

यसअघि, महानगरले मैतीदेवी चोकस्थित फुटपाथमा बनाइएको प्रहरी बिट भत्काएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell