PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

पर्सामा सेनाको बृहत् स्वास्थ्य शिविर



पहिलोपोस्ट

पर्सामा सेनाको बृहत् स्वास्थ्य शिविर

वीरगंज : नेपाली सेनाले पर्सामा स्वास्थ्य शिविर आयोजना गरेको छ। सखुवाप्रसौनी गाउँपालिका-२ औराहा पाचगावास्थित नेराप्रवि परिसरमा स्वास्थ्य शिविर आयोजना भएको हो। नेपाली सेनाको वीरगंज घण्टाघरमा रहेको श्री श्रीजंग गणको आयोजना गापाको सहयोगमा आयोजनामा भइरहेको शिविरको उद्घाटन नेपाली सेनाको बर्दिवासमा रहेको मध्यपूर्वी पृतना हेडक्वाटरका पृतनापति एंव उपरथी प्रेमध्वज अधिकारीले गरेका थिए।

अधिकारीले समाजिक काम अन्तर्गत उक्त शिविर आयोजना गरेको बताए। गाउँका जनतालाइ सहजै स्वास्थ्य सेवा तथा निशुल्क ओषधी वितरण गरी नेपाली सेना तथा जनताको सामिप्यता बढाउने प्रयास भइरहेको बताए। शिविरमा गापाको ६ वडा वडाको करिब २१०० जनताको परिक्षणको लागि सूचितयार भएकोमा यो समाचार तयार पर्दासम्म ५  सय जनाको स्वास्थ्य परिक्षण भइसकेको सखुवाप्रसौनी गापाका अध्यक्ष यशवन्त यादवले बताए। शिविरमा पर्साका सुरक्षा अधिकारी, स्थानीय जनप्रतिनिधि, वीरगंजका विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राविधिकहरुको सहभागिता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell