PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

माधव नेपाल कोठे बैठकको चंगुलमा फसेको आरोप लगाउँदै मुकुन्द न्यौपानेले छाडे पार्टी



पहिलोपोस्ट

माधव नेपाल कोठे बैठकको चंगुलमा फसेको आरोप लगाउँदै मुकुन्द न्यौपानेले छाडे पार्टी

काठमाडौं : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन्। शनिवार उनले एकीकृत समाजवादी छाडेको घोषणा गरेका हुन्।

पत्रकार सम्मेलन गर्दै न्यौपानेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको आलोचनासमेत गरे। 'नेतृत्व पंक्ति सांसदका लागि झगडा गर्ने र मन्त्रीका लागि झगडा गर्ने प्रवृति मौलाएको छ,' उनले भने।

उनले विधि र प्रतिष्ठा नभएको भएको पार्टीको सदस्य नहुने बताए। 'आजका मितिदेखि यस पार्टीको साधारण सदस्यसमेत नरहेको घोषणा गर्दछु,' उनले भने। उनले गठबन्धन बनाउने र माओवादीसँग हिमचिम गरेकोमा नेपालको लामो समयदेखि पार्टीभित्र आलोचना गर्दै आएका थिए। उनले आफ्ना असन्तुष्टिलाई केन्द्रीय कमिटीमा राखेको र सुनुवाइ नभएको बताएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell