PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

देश पूँजीपतिको हातमा जाँदैछ : शेखर कोइराला



पहिलोपोस्ट

देश पूँजीपतिको हातमा जाँदैछ : शेखर कोइराला

वीरगंज : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वीरगंजको एक कार्यक्रममा देश पूँजिपतिहरुको हातमा गइरहेको ध्यानाकर्षण गराएका छन्। नेपाली कांग्रेस निकट नेपाल ट्रेड यूनियनसँग आबद्ध कारखाना श्रमिक संघको ७औं महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

'उद्योगपतिलाई उद्योगपति भन्न पनि लागिरहेको छ, राज्यको नीति पूँजिपतिलाई कमाउने मात्रै बनाइन्छ,जनता गरिब हुद‌ै गए, व्यक्ति धनाढ्य र प्रभावशाली हुँदै गएको छ,' उनले भने। यस्तो प्रवृतिलाई रोक्न जनता तथा श्रमिक स्वतस्फूर्त रुपमा सडक तथा समाजिक सञ्जालबाट क्रान्ति थाल्नु पर्ने औल्याए।

आदर्शनगरस्थित राणीसति अतिथि सदनको सभाहलमा आयोजित कार्यक्रममा कोइरालाले आजको आधुनिक एंव महंगीको युगमा पनि एक जना श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार हुनु दुखद भएको चर्चा गर्दै श्रमिक तथा नेपाली जनताको अवस्थाबारे राज्य गैरजिम्मेवार देखिएको बताए। श्रमिकहरुको सदैव माग श्रमिक आयोग गठनका लागि उठ्ने गर्दा पनि हालसम्म सरकार त्यो काम गर्न नसकेकोमा उनले चिन्ता जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell