PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

गुल्मीको धुर्कोट गाउँपालिका र भरतपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना



पहिलोपोस्ट

गुल्मीको धुर्कोट गाउँपालिका र भरतपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना

बुटवलः गुल्मीको धुर्कोट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। शनिबार धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले औपचारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गरेका हुन्। 

दुई स्थानीय तहबीच मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा प्रचारप्रसार गर्ने, दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजलाई एक आपसमा बजारीकरण गर्न सहयोग गर्ने, दुवै स्थानीय तहले कृषि र पशुपालनका क्षेत्रमा अपनाइएका नयाँ प्रविधि, ज्ञान, सीपको आदान–प्रदान गर्दै कृषकहरुलाई विभिन्न तालिम तथा भ्रमण लगायतका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले भगिनी सम्बन्ध स्थापना गरिएको धुर्कोट गाउँपालिकाका प्रमुख पोखरेलले बताए।

कार्यक्रममा भरतपुर महानरका प्रमुख दाहालले भगिनी सम्बन्ध कार्यक्रम र सम्झौतामा मात्र सीमित नगरेर व्यवहारमा लागू हुनुपर्नेमा जोड दिइन्। आफूहरुको मुख्य ध्यान आर्थिक विकास गर्नु भएको भन्दै यसमा धुर्कोट र रुरु गाउँपालिकासँग समन्वय गर्ने बताइन्। संघीयताको मर्म बुझेका दुवै पालिकाहरुबीच भगिनी सम्बन्ध स्थापना गर्दा संघीयता कार्यान्वयनमा पनि थप मद्धत पुग्ने दाहालको भनाई छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जनसम्पर्क विज्ञ बुद्धि जिसीले कामको तिब्रता मिलेका दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापना हुँदा प्रत्यक्ष र अप्रत्यक्ष गुल्मेली नागरिकलार्ई फाइदा हुने बताए। धुर्कोट गाउँपालिकाले यसअघि नै बागलुङको ताराखोला र तनहुँको बन्दीपुर गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell