PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सभामुखको पहलमा तीन शीर्ष नेताबीच भेटवार्ता : के भयो कुराकानी?



पहिलोपोस्ट

सभामुखको पहलमा तीन शीर्ष नेताबीच भेटवार्ता : के भयो कुराकानी?
फोटोहरु : रासस

काठमाडौं : सभामुख देवराज घिमिरेको पहलमा शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन शीर्ष नेताहरुबीच छलफल भएको छ। सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो। सत्ता रस्साकस्सीका बीच तीन शीर्ष नेता लामो समयपछि सँगै देखिएका हुन्।

तीन पार्टीका नेताहरुबीच सदनको कामकारबाहीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको एमाले अध्यक्ष ओलीले बताए। 'तीनटा प्रमुख पार्टीका अध्यक्ष र सभापतिलाई बोलाउनुभयो। प्रधानमन्त्रीज्यू, नेपाली कांग्रेसका सभापतिज्यू र म। बैठकमा सदनका कामकरबाही कसरी प्रभावकारी बनाउने र कसरी जाने विषयमा प्रारम्भिक छलफल भयो,' बैठकपछि ओलीले भने।

उनले बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)विधेयक (टिआरसी)लाई समितिमा पठाउनेबारे पनि छलफल भएको बताए। 'टिआरसी विधेयकबारे छलफल भयो,' उनले भने।

शनिवार प्रारम्भिक छलफलमात्र भएको र केही दिनमै बैठक बस्ने पनि ओलीले बताए।

बैठक विज्ञहरुसँग छलफलपछि मंगलवार पुन बस्ने भएको छ। 'केही एक्सपर्ट साथीहरु बसेर  चैत २८ गते बिहान साढे ९ बजे बस्नेगरी स्थगित भएको छ,' बैठकपछि प्रधानमन्त्री प्रचण्डले भने। टिआरसी विधेयक सरकारले फास्ट ट्रयाकबाट लैजान चाहेको प्रधानमन्त्रीको भनाई थियो। टिआरसीको विषयमा राम्रो कुराकानी भएको कांग्रेस सभापति देउवाको प्रतिक्रिया रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell