PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

रातो जर्सीमा मैदानमा उत्रेको भियतनामसँग नेपाल फेरि पराजित

रातो जर्सीमा मैदानमा उत्रेको भियतनामसँग नेपाल फेरि पराजित

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : पेरिस ओलम्पिक छनोट अन्तर्गतको आज भएको खेलमा भियतनामसँग नेपाल पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भियतनामले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको हो।

रातो जर्सीमा मैदानमा उत्रेको भियतनामका लागि दुवै गोल फाम हान येनले गरेकी थिइन्। केहीदिन अघि भएको पहिलो खेलमा भियतनामले नेपाललाई ५-१ गोल अन्तरले पराजित गरेको थियो।

समूह ‘सी’मा नेपाल र भियतनामबाहेक प्यालेस्टाइन र अफगानिस्तानले पनि प्रतिस्पर्धा गर्ने तालिका रहे पनि यी दुई टोलीले नाम फिर्ता लिँदा छनोटमा नेपाल र भियतनामले मात्र खेलेको हो।

 



ट्रेन्डिङ पोस्ट

Ncell