PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

दिल्लीलाई पराजित गर्न राजस्थानका बलरहरु सफल,चेन्नईका ब्याट्सम्यान चम्किँदा हार्‍यो मुम्बई



पहिलोपोस्ट

दिल्लीलाई पराजित गर्न राजस्थानका बलरहरु सफल,चेन्नईका ब्याट्सम्यान चम्किँदा हार्‍यो मुम्बई
Photo : Indian Express

इन्डियन प्रिमियर लिग अन्तर्गत शनिवार दुई खेल भए। पहिलो खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिडेका थिए।

पहिले ब्याटिङमा उत्रेको राजस्थानलाई २० ओभरमा ४ विकेट गुमाउँदै १९५ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको दिल्लीले सो लक्ष्य भेटाउन सकेन। दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १४२ रनमा समेटियो।

दिल्लीमा ५७ रनमा पराजित गर्न राजस्थानका बलरहरु सफल भए। राजस्थानका लागि ट्रेन्ट बउल्ट र युजभेन्द्र चहालले समान ३-३ विकेट लिँदा रविचन्द्रन आश्विनले २ र सन्दीप शर्माले १ विकेट लिएका थिए।

शनिवार भएको दोस्रो खेलमा चेन्नइ सुपरकिङ्गसले मुम्बइ इन्डियन्सलाई ७ विकेटले पराजित गर्‍यो। पहिलो ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। चेन्नईले ११ बल बाँकी रहँदा नै सो लक्ष्य भेटायो। चेन्नईले १८.१ ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनाउँदै जित निकाल्यो।

चेन्नईलाई जित दिलाउनका लागि अजिन्क्य रहानेले सर्वाधिक ६१ रन बनाए भने रुतुराज गाइकवाडले ४० र शिभम डुबेले २८ रन बनाए।

आज पनि आइपीएलमा दुई खेल हुँदैछन्। दिउँसो ३: ४५ बजे गुजरात टाटन्स र कोलकता नाइट राइडर्सबिच पहिलो खेल हुनेछ। त्यसैले राति ७:४५ बजे सनराइजर्स हैदरावाद र  पंजाब किङ्गसबिच प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell