PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

शरीरमा थरीथरीका आकृति : युवाहरुमा ट्याटु खोप्ने मोह

शरीरमा थरीथरीका आकृति : युवाहरुमा ट्याटु खोप्ने मोह

प्रवीण रानाभाट/पहिलोपोस्ट


ललितपुर : सानेपाको हेरिटेज गार्डेनमा युवाहरुको घुइँचो लागेको छ।तीन दिन देखि त्यहाँ भइरहेको नेपाल ट्याटु कन्भेन्सनमा ट्याटु खोप्न र ट्याटुबारे बुझ्न युवाहरु पुगिरहेका छन्।

नेपाल ट्याटु प्रा लिको आयोजनामा १० औं अन्तराष्ट्रिय नेपाल ट्याटु कन्भेन्सन भइरहेको हो। आज यो कन्भेन्सनको अन्तिम दिन हो। यही कन्भेन्सनका लागि सानेपामा विश्वभरबाट करिब २०० जना ट्याटु आर्टिस्ट भेला भएका छन्। ट्याटु खोप्न ९० वटा बुथ राखिएको छ।

अमेरिका, अस्ट्रेलिया, जर्मनी, थाइल्यान्ड, स्पेन, भारत सहित विदेशी ट्याटु आर्टिस्टहरु आएका छन्। नेपाली आर्टिस्टसँगै विदेशी आर्टिस्टहरुसँग शरीरको विभिन्न अंगमा विभिन्न किसिमका कलात्मक ट्याटु खोपाउनेहरुको जमघट यहाँ हुने गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell