PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश शंकरराज बरालको इजलासमा



पहिलोपोस्ट

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश शंकरराज बरालको इजलासमा

काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको मुद्दाको सुनवाईको पेशी चढेको छ। जिल्ला अदालत काठमाडौंमा न्यायाधीश शंकरराज बरालको इजलासमा पेशी तोकिएको हो।

१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै असोज २० गते विदेशबाट फर्किने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो। भदौ ५ गते लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।

त्यसपछि जिल्ला अदालतले उनलाई कारागार पठाएको थियो। तर, जिल्लाको आदेशविरुद्ध उच्च पुगेका सन्दीपलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको थियो। उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुस २८ गते सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाइएको थियो। अदालतले तोकेको शर्त नमाने यो आदेश तत्काल रद्द हुने भनिएको थियो। तर, क्रिकेट खेल्न विदेश जानुपर्ने भएको भन्दै लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले लामिछानेलाई विदेश खेल्न जाने अनुमति पनि दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell