PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

नयाँ वर्षमा 'ओटीटी'मा आउँदै 'प्रेमगञ्ज'



पहिलोपोस्ट

नयाँ वर्षमा 'ओटीटी'मा आउँदै 'प्रेमगञ्ज'

काठमाडौं : भदौ ३ गते हलमा प्रदर्शन भएको ‘प्रेमगञ्ज’ ओटीटीमा रिलिज हुने भएको छ। यो फिल्म आगामी वैशाख १ गतेबाट नेपाली ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ रिलिज हुनेछ।

हलमा छुटेका दर्शकलाई लक्षित गरि फिल्म सार्वजनिक गर्न लागेको निर्माण टिमले जनाएको छ। लभ स्टोरी जनरामा निर्माण भएको फिल्ममा परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको छ।

फिल्ममा तेज गिरी र बेनिशा हमालको मुख्य भूमिका छ। दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्ने फिल्ममा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराई लगायतको अभिनय छ। अभिनेत्री सुरक्षा पन्त अतिथि भूमिकामा छिन्।

चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुत कर्ता राजु फुयाल हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell