PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

घरमै पुगेर लेखराज भट्टलाई भेटेपछि प्रचण्डको अभिव्यक्ति : यो मेरो पनि घर



पहिलोपोस्ट

घरमै पुगेर लेखराज भट्टलाई भेटेपछि प्रचण्डको अभिव्यक्ति : यो मेरो पनि घर

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका सचिव लेखराज भट्टसँग भेट्न उनकै घर पुगेका छन्।

धनगढी गेटास्थित भट्टको निवासमा प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको उनको सचिवालयले जनाएको छ। प्रचण्डले पारिवारिक सम्बन्धका आधारमा भट्टसँग भेटघाट भएको बताएका छन्।

'यो घर मेरो पनि हो। आएर बस्ने एउटा कोठा छ। झण्डै ४० वर्षदेखिएको सम्बन्ध छ। समसामयिक राजनीतिबारे सामान्य कुराकानी भयो ,' प्रचण्डले भने।

पूर्व माओवादी केन्द्रका नेतासमेत रहेका भट्ट नेकपा विभाजन हुँदा नेकपा एमालेमै रहेका हुन्। प्रचण्डको आलोचना गरेर एमालेमा सक्रिय रहेका भट्टले प्रचण्डकै प्रस्तावमा आजको भेटघाट भएको बताएका छन्। तर, माओवादी केन्द्रमा फिर्ता हुनेबारे कुनै छलफल नभएको भट्टको भनाइ छ।

'उहाँको र हाम्रो पारिवारिक सम्बन्ध हो। अरु विषयमा छलफल भएन। माओवादीमा फर्किनेबारे कुनै छलफल भएन,' उनले भने। युद्धकालीन मुद्दाहरुबारे पूर्व माओवादीले मोर्चाबन्दी गरिरहेका छन्। नेकपा एमालेले भने माओवादी युद्धकालका घटनाको चर्को आलोचना गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell