काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ। व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड डिल गरेको भनिएको अडियो सार्वजनिक भएसँगै उनलाई रास्वपाले पार्टीबाट कारवाही गरेको हो।
श्रेष्ठलाई पार्टीको नीति विपरित कार्य गरेको आशंकामा पार्टीका कुनै पनि तहमा नरहने गरी काहबाही गरेको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। 'पार्टीको नीति विपरित कार्य गरेको आशंकामा कारवाही गरेको हो,' सहमहामन्त्री बुर्लाकोटीले भने।
पार्टीको अनुशासन समितिलाई सात दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशनसमेत दिइएको छ। उनलाई संसदीय गतिविधिमासमेत संलग्न नहुन पार्टीले निर्देशन दिएको बुर्लाकोटीले जानकारी दिए।