PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

बिमा ठगी गिरोहका सरकारीदेखि बिमा कम्पनीका कर्मचारी समातिए



पहिलोपोस्ट

बिमा ठगी गिरोहका सरकारीदेखि बिमा कम्पनीका कर्मचारी समातिए

काठमाडौं : वैदेशिक रोजगारीका लागि विदेश गएर मृत्यु भए आफन्तले पाउने बिमा रकममा ठगी गर्ने गिरोहका थप दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा सरकारी कर्मचारी र बिमा कम्पनीका कर्मचारी रहेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा पशुपति अधिकारी र सूर्यज्योति जीवन बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृत उमेश बुढाथोकीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरेर ठगी धन्दाबारे खुलासा गरेको हो। पक्राउ परेका उनीहरुले विदेशमा मृत्यु भएकाहरुको परिवारले पाउने बिमा रकमबाट पाउने १३-१४ लाख रुपैयाँबाट ७-८ लाख रुपैयाँ ठगी गरेको खुलेको थियो। विदेशमै मृत्यु भएको खण्डमा परिवारले १४ लाख पाउने प्रावधान छ भने छुट्टीमा नेपाल आउँदा मृत्यु भएकाको परिवारले १३ लाख पाउने गरेका छन्।

विदेशमा मात्र नभई नेपालमा मृत्यु भएका व्यक्तिहरुको बिमा रकमबाट समेत ठगी गरेको पाइएको छ। ठगीमा संलग्नहरुले बिमा रकम लिनका लागि मधेश प्रदेशका मानिसलाई ‘टार्गेट’ बनाउन खोजिएको देखिएको छ।

बिमा रकम दिलाउने भन्दै मधेशबाट मृतकका आफन्तलाई काठमाडौं ल्याएर राख्ने र ठगी गर्ने गरेको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell