PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

वाग्मतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, कांग्रेसबाट बहादुरसिं र तीर्थ मन्त्री बन्दै



निशा गुरुङ

वाग्मतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, कांग्रेसबाट बहादुरसिं र तीर्थ मन्त्री बन्दै

हेटौंडा : वाग्मती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिएको १६ औं दिनमा आइतवार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

सत्ता गठबन्धनभित्र भागबण्डा नटुंगिएका कारण आज नेपाली कांग्रेसका दुई जनामात्रै सरकारमा सहभागी हुन लागेका हुन्। वाग्मती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वका कांग्रेस सरकारमा सहभागी हुन लागेको हो।

मुख्यमन्त्री शालिकराम जम्कटेलको नेतृत्वको सरकारमा कांग्रेसबाट बहादुर लामा र कांग्रेस काभ्रे जिल्ला सभापति तीर्थ लामा सहभागी हुने एक नेताले बताए। उनका अनुसार बहादुर लामाले आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थ लामाले खानेपानी,सिंचाई तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाउँदै छन्। नवनियुक्त मन्त्रीहरुको साढे ६ बजे शपथ हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell