PahiloPost

Feb 21, 2026 | ९ फागुन २०८२

नक्कली फेसबुक प्रोफाइल बनाएर ६० लाख रुपैयाँ ठगी गर्ने युवक समातिए



पहिलोपोस्ट

नक्कली फेसबुक प्रोफाइल बनाएर ६० लाख रुपैयाँ ठगी गर्ने युवक समातिए

काठमाडौं : सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पर्वतको मोदी गाउँपालिका-२ घर भएका २६ वर्षीय विश्व शर्मालाई गत बिहीवार प्रहरीले पक्राउ गरेको हो।

सामाजिक सञ्जाल फेसवुकमा महिलाको नक्कली प्रोफाइल बनाई ठगी गरेका थिए। साथी बन्न सन्देश पठाएपछि कुराकानी गर्दै जाँदा माया प्रेमको कुराकानी गर्नुका साथै विभिन्न बहाना बनाई पटक-पटक रकम माग गर्ने गरेका थिए।

विभिन्न बैङ्क खाताहरु तथा डिजिटल वालेटहरु मार्फत करिब ६० लाख रुपैयाँ पठाइ सक्दा समेत थप रकम माग गरेको भन्ने उजुरीको आधारमा साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले ठगीमा संलग्न उनलाई पर्वतको मोदी गाउँपालिका-२ बाट पक्राउ गरेको हो।

उनी उपर सामाजिक सञ्जाल दुरुपयोग गरी ठगी अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell