PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

मुकुन र मेनुका अभिनित फिल्म 'गणपति'को टिजर सार्वजनिक



पहिलोपोस्ट

मुकुन र मेनुका अभिनित फिल्म 'गणपति'को टिजर सार्वजनिक

काठमाडौं : आगामी जेठ ५ गतेबाट प्रदर्शन हुने नेपाली फिल्म ‘गणपति’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा मुख्य कलाकारहरु मुकुन भुसाल र मेनुका प्रधानलाई देख्न सकिन्छ।

एक बालकको जन्म भएपछि भजनकिर्तन गर्दै खुसी मनाएको टिजरमा देख्न सकिन्छ। साथै ती बालकको युवावस्थाको उतारचढावलाई पनि टिजरमा समेटिएको छ।

फिल्ममा लेखन पनि सबिन अधिकारीको नै रहेको छ। ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले दाबी गरे। फिल्म ‘गणपति’ले समाजको चरित्र चित्रण गर्ने उनको भनाइ छ।

‘कोही व्यक्ति कुनैबेला त्यही समाजको भगवान बन्ने र त्यही व्यक्तिलाई समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने यो चलचित्रमा प्रस्तुत गरिएको छ,’ उनले भने।

फिल्ममा मुकुन र मेनुकाका साथै कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतको अभिनय रहेको छ।

फिल्मको छायाङ्कन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा गरिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell