PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

हिमाल आरोहीको संख्या उकालो लाग्दै, एक महिनायता पाँच सयभन्दा बढीले पाए अनुमति



पहिलोपोस्ट

हिमाल आरोहीको संख्या उकालो लाग्दै, एक महिनायता पाँच सयभन्दा बढीले पाए अनुमति

काठमाडौं : पर्यटकीय सिजन सुरु भएसँगै हिमाल आरोहणका लागि अनुमति लिने विदेशी पर्यटकको संख्या  पाँच सयभन्दा बढी पुगेको छ।  कोभिड-१९ संक्रमणका कारण कम हुँदै आएको भएको पर्यटक आवगमन संख्या क्रमिक रुपमा वृद्धि हुँदै गएको हो।

आवागमन संख्या सामान्य अवस्थामा नफर्किए पनि यो सिजनमा देखिएको पर्यटकको माग तीन वर्षयताकै उच्च रहेको पर्यटन विभागले जनाएको छ। विभागले तयार पारेको विवरण अनुसार सिजन सुरु भएदेखि आइतबारसम्म ५१२ जना पर्यटकले विभिन्न २१ वटा हिमाल आरोहणका लागि अनुमति पाएका हुन्।

यसपटक सगरमाथा आरोहणका लागि आउने पर्यटकको संख्या उच्च रहेको छ। विभागका अनुसार सगरमाथा आरोहणका लागि मात्र १९७ जना आरोहीले अनुमति पाएका छन्। यी आरोहीबाट विभागले सवा ३१ करोड रुपैयाँ संकलन गरेको जनाएको छ।

यही गतिले पर्यटकको आवागमन वृद्धिदरले यही वर्ष मुलुकको पर्यटकीय गतिविधि पुरानै लयमा फर्कने अनुमान विभागले गरेको छ। सिजनको पहिलो महिनामा मात्रै हवाईमार्गबाट करिब एक लाख पर्यटक भित्रिएका थिए।     



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell