PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

आइपीएलमा आज बेङ्ग्लोर र लखनउ भिड्दै



पहिलोपोस्ट

आइपीएलमा आज बेङ्ग्लोर र लखनउ भिड्दै
File Photo: IPL

इण्डियन प्रिमियर लिग (आइपीएल)मा सोमवार रोयल च्यालेन्जर्स बेङ्ग्लोर र लखनउ सुपर जायन्ट भिड्दै छन्। बेङ्ग्लोर फाफ डु प्लेसिस र लखनउ केएल राहुलको कप्तानीमा मङ्गलम चिन्नस्वामी स्टेडियममा साँझ ७:४५ बजे मैदानमा उत्रिनेछन्।

तीन खेल खेलेको लखनउ दुईमा जित र एकमा हारसहित चार अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ। पहिलो खेलमा दिल्लीलाई हराएको लखनउ दोस्रो खेलमा चेन्नइसँग पराजित भएको थियो। त्यस्तै, तेस्रो खेलमा हैदरावादलाई हराएको थियो।

यता, दुई खेल खेलेको बेङ्ग्लोरले एकमा जित र अर्कोमा हार व्यहोरेको छ। हाल तालिकाको सातौँ स्थानमा रहेको बेङ्ग्लोरले पहिलो खेलमा मुम्बइलाई हराएको थियो भने दोस्रो खेलमा कोलकातासँग पराजित भएको थियो।

गएराति भएको खेलमा हैदरावादले पञ्जावलाई र कोलकाताले गुजरातलाई हराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell