PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

पाल्पामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ



पहिलोपोस्ट

पाल्पामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बुटवल : पाल्पाको तानसेनमा १० वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तानसेन नगरपालिका-११ बस्ने ३७ वर्षीय लिलाबहादुर बस्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

पीडित बालिकाका आफन्तले आरोपित बस्यालले यहि चैत २२ गते राति ९ बजे जबरजस्ती करणी गरेको भनी चैत २६ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा आरोपित बस्याललाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell