PahiloPost

Sep 17, 2024 | १ असोज २०८१

दयाहाङलाई लिएर ‘म हुँ डिग्री माइला’ बनाउँदै रामबाबु गुरुङ



पहिलोपोस्ट

दयाहाङलाई लिएर ‘म हुँ डिग्री माइला’ बनाउँदै रामबाबु गुरुङ

काठमाडौं : अभिनेता दयाहाङ राईको मुख्य भूमिकामा नयाँ फिल्म बन्ने भएको छ। ‘कबड्डी’ का हिट सिरिजहरु निर्देशन गरिसकेका रामबाबु गुरुङले दयाहाङलाई लिएर ‘म हुँ डिग्री माइला’ बनाउन लागेका हुन्।

गुरुङले चैत २४ गते ‘म हुँ डिग्री माइला’ नामबाट चलचित्र विकास बोर्डबाट निर्माण इजाजत समेत लिइसकेका छन। बाँसुरी फिल्मस् प्रोडक्सन ब्यानरबाट निर्माण हुने फिल्ममा गुरुङकै लगानि र निर्देशन रहनेछ। निर्माण टिमले फिल्मबारे अन्य कुनै औपचारिक जानकारी भने दिएका छैन।

रामबाबु र दयाहाङले यसअघि ‘कबड्डी’ सिरिज, पुरानो डुंगा, ‘फूलबारी’ मा सहकार्य गरिसकेका छन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell