PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

ढाकाकुमार श्रेष्ठले २ करोड मागेको अडियोबारे रास्वपाको संसदमा स्पष्टीकरण



पहिलोपोस्ट

ढाकाकुमार श्रेष्ठले २ करोड मागेको अडियोबारे रास्वपाको संसदमा स्पष्टीकरण

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको विषयबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिएको छ। 

प्रतिनिधि सभाको सोमवारको बैठकमा उक्त घटनाबारे जानकारी गराउँदै रास्वपाका सांसद सन्तोस परियारले ३ दिनभित्र छानबिन गर्ने निर्णय पार्टीले गरेको जानकारी दिए।

'यस घटनालाई गम्भीर रुपमा लिएका छौं। उक्त अडियो सार्वजनिक भए लगतै ३ दिनभित्र प्रतिवेदन दिन दिने अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ,' परियारले भने।

अनुशासन तथा आचरण समितिले २४ घण्टाभित्र श्रेष्ठलाई सपष्टिकरण पेश गर्न निर्देशन दिएको परियारले बताए।

'हामी यहाँ बैठक बसिरहदाँ सम्भवत: उहाँको स्पष्टीकरण आइसकेको होला,' उनले भने।

भ्रष्टचारीको जाती र वर्ग नहुने भन्दै उनले थप भने,' यस्ता घटना विगतमा पनि भएका छन्। ति सबै छानबिन हुन सके लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ बढ्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell