PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

एमालेले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन



पहिलोपोस्ट

एमालेले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन
फाइल फोटो

काठमाडौं : नेकपा एमालेले कर्णाली प्रदेश सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पर्छाइले संयुक्तरूपमा राजीनामा बुझाएका थिए।

आज नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश सरकारबाट आफ्नो दलले समर्थन फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारी गराएका छन्।

गत पुस २७ गते एमालेले नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा दलका नेता शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि समर्थन दिएको थियो। एमालेको समर्थनमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell