PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

भारतमा आम आदमीलाई राष्ट्रिय पार्टीको मान्यता, ममता र शरदको पार्टीको खोसियो राष्ट्रिय दर्जा



पहिलोपोस्ट

भारतमा आम आदमीलाई राष्ट्रिय पार्टीको मान्यता, ममता र शरदको पार्टीको खोसियो राष्ट्रिय दर्जा

भारतको निर्वाचन आयोगले अरविन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिएको छ। दिल्ली र पंजाबमा सरकार बनाएको आपलाई आज आयोगले राष्ट्रिय पार्टीको मान्यता दिएको हो।

भारतका चार वा सो भन्दा बढी राज्यमा पार्टीले राज्य स्तरको मान्यता पाए राष्ट्रिय पार्टी बन्ने प्रावधानका आधारमा आम आदमी पार्टी राष्ट्रिय पार्टी बनेको हो।

आयोगले ममता बनर्जीको त्रिणमूल कांग्रेस, शरद पवार नेतृत्वको नेश्नलिस्ट कंग्रेस पार्टी र कम्युनिष्ट पार्टी अफ इन्डियाको राष्ट्रिय पार्टीको दर्ता खोसेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell