PahiloPost

Nov 13, 2025 | २८ कात्तिक २०८२

नाटकीय अन्तिम ओभरमा बेङ्ग्लोरविरुद्ध लखनउको जित



पहिलोपोस्ट

नाटकीय अन्तिम ओभरमा बेङ्ग्लोरविरुद्ध लखनउको जित
Photo: AP

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हरायो। लखनउले बेङ्ग्लोरलाई १ विकेटले हराएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै २१२ रन बनाएको थियो। बेङ्ग्लोरका लागि कप्तान फाफ डु प्लेसिसले अविजित रहँदै ७९ रन बनाए। त्यस्तै, विराट कोहलीले ६१ रन बनाउँदा ग्लेन म्याक्सवेलले ५९ रन जोडे।

लखनउका मार्क उड र अमित मिश्राले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लखनउले अन्तिम बलमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्यायो। उसका लागि मार्कस स्टोइनसले सर्वाधिक ६५ रन बनाउँदा निकोलास पूरनले ६२ रन जोडे। यस्तै, आयुष बदोनीले ३० र केएल राहुलले १८ रन बनाए।

बेङ्ग्लोरका मोहम्मद सिराज र वेन पार्नेलले ३/३ विकेट लिँदा हर्शल पटेलले २ तथा कर्ण शर्माले १ विकेट लिए। अन्तिम ओभरमा हर्शल पटेलले २ विकेट लिएपनि टिमलाई जित दिलाउन भने सकेनन्। विकेट किपर दिनेश कार्तिक ढलमलाएपछि अन्तिम बलमा चाहिएको १ रन लिन लखनउका ब्याटरहरु सफल भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell