PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

'सुपर मारियो ब्रोज मुभी'ले तोड्यो फ्रोजन २ को रेकर्ड



पहिलोपोस्ट

'सुपर मारियो ब्रोज मुभी'ले तोड्यो फ्रोजन २ को रेकर्ड
Photo : Illumination, Universal Pictures

भिडियो गेममा आधरित 'सुपर मारियो ब्रोज मुभी' ले नयाँ रेकर्ड बनाएको छ। बीबीसीका अनुसार यो फिल्म अहिलेसम्मकै सबैभन्दा सफल ग्लोबल ओपनिङ स्कोर गर्ने एनिमेटेड फिल्म बनेको छ।

फिल्म रिलिज भएको पहिलो पाँच दिनमा सो फिल्मले ३७७ मिलियन डलर कमाइसकेको छ। यसले फ्रोजन २ ले बनाएको ३५८ मिलियन डलरको रेकर्ड तोडेको हो।

समीक्षात्मक रुपमा फिल्मलाई राम्रो प्रतिक्रिया नमिले पनि फ्यानहरुले भने फिल्मलाई मनपराएका छन्। यो फिल्मले अर्को दुई रेकर्डसमेत बनाएको छ। भिडियो गेममा आधारित भएर अहिलेसम्मकै उत्कृष्ट ओपनिङ गर्ने फिल्म र २०२३ को अहिलेसम्मको शीर्ष ओपनिङ गर्ने फिल्मको रेकर्डसमेत सुपर मारियो ब्रोजको नाममा रहन गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell