काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठक बसेको छ। बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएका थिए।
बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालको पनि उपस्थित थिए।
तीनदिन अघि सभामुख घिमिरेको पहलमा तीन नेताबिच छलफल भएको थियो।
आजको बैठकमा बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)विधेयक (टिआरसी)लाई समितिमा पठाउनेबारे छलफल भएको बताइएको छ। ३ दिन अघि सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको बैठकमा पनि टिआरसीबारे छलफल भएको थियो।
प्रधानमन्त्री प्रचण्डले टिआरसी विधेयकलाई फास्ट ट्रयाकबाट अघि लैजान चाहेका छन्। जसकारण उनले संसदका ठूला दलहरुसँग संवाद अघि बढाएका हुन्।